०१ असार २०८३, सोमबार

सलमान खानको आगामी फिल्म रेस ३ रिलिजअगावै बिक्यो १९० करोड भारुमा

बैशाख २१, २०७५
सलमान खानको आगामी फिल्म रेस ३ रिलिजअगावै बिक्यो १९० करोड भारुमा

काठमाडौं, २१ वैशाख – सलमान खानको आगामी फिल्म रेस ३ को धमाधम शूटिङ भइरहेको छ । हालै सलमानले कश्मीर शेड्युल पूरा गरे । 

रिलिजअगावै फिल्मका सहनिर्माता रमेश तौरानीले १९० करोड भारुमा बेचेका छन् । 

इरोस कम्पनीले फिल्म निर्माताहरूलाई यो फिल्म किन्न १९० करोड भारुको अफर गरेका थिए । त्यसमा १६० करोड भारु त विश्वव्यापी वितरण अधिकारको न्यूनतम ग्यारेन्टी हो । 

फिल्मको निर्माण सलमान खान र रमेश तौरानीले गरेका हुन् । निर्माता र इरोसका बीच यो सम्झौता केही दिनमै औपचारिक रूपमा हुनेछ । उनीहरूले यसको घोषणा चाँडै गर्दैछन् । 

त्यसो त यो फिल्म किन्नका लागि यशराज प्रोडक्सन्स, रिलायन्स र फक्स स्टुडियो पनि लाइनमा छन् । तर इरोसले अरूलाई पछारेको हो । 

फिल्म आगामी ईदमा रिलिज हुँदैछ । रेमो डिसूजाले फिल्म निर्देशन गरेका हुन् । सलमानबाहेक अनिल कपूर, बबी देओल, साकिब सलीम, ज्याकलिन फर्नान्डेज र डेजी शाह पनि छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्