३१ जेठ २०८३, आइतबार

चीनको यो रेस्टुराँमा काम गर्छन् बिकिनी वेट्रेस

बैशाख २१, २०७५
चीनको यो रेस्टुराँमा काम गर्छन् बिकिनी वेट्रेस

काठमाडौं, २१ वैशाख – रेस्टुराँ र होटलहरूले ग्राहक बढाउन अनेकौं हत्कण्डा अपनाइरहेका हुन्छन् । चीनको एक रेस्टुराँले भने ग्राहक लोभ्याउनका लागि वेट्रेसलाई बिकिनी लगाइदियो । 

श्याङ शहरमा रहेको दाओसियान्ज रेस्टुराँमा बिकिनी लगाएका वेट्रसहरूले खाना पस्किन्छन् । गोरा र सुन्दर यी वेट्रेसहरूले अरू केही नलगाई बिकिनी मात्र लगाउँछन् । उनीहरूको शरीरमा रेस्टुराँको नाम पनि कुँदिएको हुन्छ । 

रेस्टुराँ साहुको तर्कअनुसार, कामदारहरू राम्रो देखिनुपर्छ । 

त्यहाँ महिला वेटर मात्र नभई पुरुष वेटर पनि टपलेस छन् । 

स्वाभाविक रूपमा त्यस रेस्टुराँमा खाना खानुभन्दा पनि युवतीहरूलाई हेर्न ग्राहक आउँछन् । खानाको प्लेटभन्दा पनि बिकिनी लगाएका युवतीमा ग्राहकको नजर जान्छ । आफ्नो मोबाइलको क्यामरामा कैद गर्न पनि उनीहरू उद्यत
हुन्छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्