
काठमाडौं, २१ वैशाख – धूम्रपान स्वास्थ्यका लागि हानिकारक हुन्छ । अनि बिरामी मानिसले धूम्रपान गर्दा त विषबराबर हुन्छ । तर यस्तो पनि ठाउँ छ जहाँ रोगीहरूलाई औषधिका रूपमा हुक्का पिउन लगाइन्छ ।
भारतको मध्यप्रदेशस्थित उज्जैनमा रहेको शासकीय स्वशासी धन्वन्तरी आयुर्वेद महाविद्यालय नामक आयुर्वेदिक अस्पतालले रोगीहरूलाई हुक्का पिउन दिन्छ ।
त्यहाँ तमाखु हालेको हुक्का दिइँदैन बरू त्यसमा जडीबुटी हालेको हुन्छ । जडीबुटीको धूवाँ सीधा शरीरभित्र जान्छ र रोगीलाई फाइदा पुग्छ । अस्पतालका चिकित्सकका अनुासर, देशका विभिन्न भागबाट उपचारका लागि रोगीहरू त्यहाँ
आइपुग्छन् र उपचारबाट फाइदा भएको बताउँछन् । हुक्का पिउँदा दम, रुघा र फोक्सोको कडा रोग पनि निको हुन्छ ।
एजेन्सी