२३ असार २०८३, मंगलबार

निजामती सेवामा स्वेच्छिक अवकाश कार्यान्वयन गर्न माग

बैशाख २१, २०७५
निजामती सेवामा स्वेच्छिक अवकाश कार्यान्वयन गर्न माग

काठमाडौँ, २१ वैशाख - नेपाल निजामती कर्मचारी युनियन (संघ)ले निजामती सेवामा स्वेच्छिक अवकाश कार्यान्वयन गर्न माग गरेको छ । 

युनियन (संघ)ले आज पत्रकार सम्मेलन गरी निजामती कर्मचारीको स्वेच्छिक अवकाशबारे संसद्बाट बहुमतले ऐन बनाएकामा सरकारले लागू नगरेको भन्दै कार्यान्वयन गर्न माग गरेको हो । 

पत्रकार सम्मेलनमा युनियन (संघ)का अध्यक्ष गोपालप्रसाद पोखरेलले कर्मचारी समायोेजन ऐनमा ५० वर्ष उमेर पूरा भएका कर्मचारीलाई निवृत्तिभरण पाउने व्यवस्था गरेअनुसार झण्डै १० हजार कर्मचारी अवकाशमा बस्ने आवेदन दिए पनि सरकारले स्वेच्छिक अवकाश कार्यान्वयन नगरेको बताउनुभयो । 

“कर्मचारी समायोजन ऐन–२०७४ को प्रावधानबमोजिम स्वेच्छिक अवकाशको विधिसम्मत योजनालाई तत्काल कार्यान्वयन गर्न र कर्मचारी समायोजन प्रक्रियालाई शीघ्र अगाडि बढाउन माग गर्दछौँ,” उहाँले भन्नुभयो । 

युनियन (संघ)का सचिव दुर्गाप्रसाद फुयाँलले २०७४ साल फागुन १३ मा ३० दिनको म्याद समाप्त भइसक्दा पनि सूची प्रकाशित गर्नुको सट्टा मन्त्रीले कर्मचारीको मानमर्दन विपरीतको अभिव्यक्ति दिएको बताउनुभयो । उहाँले सरकारले झण्डै १० हजार कर्मचारीको भविष्य अन्योलमा रहेको आरोप लगाउनुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्