३१ जेठ २०८३, आइतबार

रुसको यो ट्यांकमाथि छ संसारको नजर !

बैशाख २६, २०७५
रुसको यो ट्यांकमाथि छ संसारको नजर !

काठमाडौं, २६ वैशाख – रुसको विजय दिवस परेड बुधवार हुँदैछ । त्यहाँ तमाम हतियार र सैनिकका साथसाथै विशेष नजर रिमोट कन्ट्रोलबाट चल्ने ट्यांकमाथि हुनेछ । 

यसबाहेक रुसको यो परेडमा नयाँ हतियार प्रणालीले पनि ध्यान खिँच्नेछ जसको परीक्षण सिरियामा गरिएको छ । 

ट्यांक वास्तवमै विशेष छ । उरन–९ ट्यांकमा एन्टीट्यांक रकेट, एक तोप र मशिनगन फिट छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा यो परेडमा वर्तमान हतियार र क्षेप्यास्त्र समावेश भएको छ ।

सोभियत युगमा यस्ता परेड हुने गर्थे । परेड ९ मेमा भइरहेको छ र यो नाजीहरूसँगको युद्धमा मारिएका रुसीहरूको सम्मानमा निकालिन्छ । 

रुसको गजेटाका अनुसार, उरन–९ र बारुदी सुरुङ सफा गर्ने गर्ने रोबोट स्यापर उरन–६ ले सिरियामा रुसी सुरक्षाबललाई सहायता गरेको छ ।

रुसले सिरियाली राष्ट्रपति बशर अल असदको सहायताका लागि सिरियामा अनेकौं सैनिक र युद्धविमान तैनाथ गरेको छ । त्यसले विद्रोही समूहको विरोधको सामना गरिरहेको छ ।

गजेटाले उरन–९ ले आफैं लक्ष्य खोज्छ तर फायर गर्ने फैसला तीन किलोमिटर पर गाडीमा बसेको कमान्डरले लिनेछ । 

बुधवार मस्कोको आकाश सफा भएमा फ्लाई पास्ट पनि गरिनेछ जसमा लडाकू विमान, बम्बर र हेलिकप्टर पनि हुनेछन् । 

पहिलोचोटि यस्ता मिग–३१ पनि देखिनेछन् जसमा रुसको नयाँ किन्झल हाइपरसोनिक एन्टी–शिप मिसाइल हुनेछन् । यिनीहरूबाट विमानमा आक्रमण गर्न सकिन्छ । 

रुस आफ्नो नयाँ सु–५४ स्टील्थ फाइटर देखाउने तयारी गर्दैछ जसलाई टी–५० पनि भनिन्छ ।

बीबीसी हिन्दीबाट
 

salt training

कमेन्ट गर्नुहोस्