२३ जेठ २०८३, शनिबार

ट्रम्प र किमको शिखर सम्मेलन तयारीका लागि पम्पिओ पुगे उत्तर कोरिया

बैशाख २६, २०७५
ट्रम्प र किमको शिखर सम्मेलन तयारीका लागि पम्पिओ पुगे उत्तर कोरिया

काठमाडौं, २६ वैशाख – उत्तर कोरियाका सर्वोच्च नेता र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको ऐतिहासिक भेटवार्ताको तयारीका लागि अमेरिकाका विदेशमन्त्री माइक पम्पिओ उत्तर कोरिया गएका छन् । 

ट्रम्पले मंगलवार इरान आणविक सम्झौताबाट वाशिङटन पछि हटेको घोषणा गरेकै अवसरमा यसको जानकारी दिए । 

ट्रम्पले भने, ‘योजना बनिरहेका छन् । कुनै सम्झौता होला भनी आशा गरौं । चीन, दक्षिण कोरिया र जापानको सहायताले सबैका लागि सम्पन्न र सुरक्षित भविष्य हासिल गर्न सकिएला ।’

अघिल्लो हप्ता ट्रम्पले उत्तर कोरियाली नेतासँग उनको भेटघाटको मिति र स्थान निश्चित गरिसकेको बताएका थिए । तर उनले थप जानकारी दिन चाहेनन् । 

पम्पिओले आफ्नो यात्राका बेलामा पत्रकारहरूलाई बताएअनुसार, उत्तर कोरियालाई उसको हिरासतमा राखिएका तीन अमेरिकी नागरिकको रिहाइको कुरा बताइनेछ । तीन नागरिक किम डोङ चुल, किम साङ डुक र किम हक
सोङको जन्म दक्षिण कोरियामा भएको थियो तर पछि उनीहरूले अमेरिकी नागरिकता लिए । 

उता दक्षिण कोरियाले बुधवार उत्तर कोरियाको भ्रमणमा गएका अमेरिकी विदेशमन्त्री पम्पिओले प्योङयाङमा बन्दी बनाइएका तीनै अमेरिकी नागरिकलाई सँगै लिएर फर्किने आशा गरेको बताएको छ । दक्षिण कोरियाको राष्ट्रपति
कार्यालयका एक प्रवक्ताले पम्पिओ कैदीहरूका साथ फर्किने आशा राखेको बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्