०४ असार २०८३, बिहीबार

अमेरिकाले इरान सम्झौताबाट हात झिक्दा तेलको भाउ बढ्ने

बैशाख २६, २०७५
अमेरिकाले इरान सम्झौताबाट हात झिक्दा तेलको भाउ बढ्ने

काठमाडौं, २६ वैशाख – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट हट्ने घोषणा गरेपछि पेट्रोल र डिजेलको मूल्य बढ्ने भएको छ । 

ट्रम्पको निर्णयपछि अन्तर्राष्ट्रिय स्तरमा ब्रेन्ट कच्चा तेलको मूल्य ७७ डलर प्रतिब्यारेल पुगेको छ । अनि डब्ल्यूपीआई कच्चा तेलको मूल्य ७५ डलर प्रतिब्यारेल पुगेको छ । सन् २०१४ पछि यो सबभन्दा माथिल्लो स्तरमा छ । 

तर यो असर तुरुन्तै भने देखिने छैन । युरोपेली देशहरू अमेरिकासँग नउभिएसम्म भारत आउने कच्चा तेलको मूल्यमा असर पर्दैन । भारतमा पर्ने मूल्य असरले नै नेपालको बजार पनि प्रभावित हुने हो । 

इराक र साउदी अरबपछि इरान नै भारतको तेस्रो ठूलो तेल निर्यातक हो । 

युरोपेली मुलुकहरूले अमेरिकाकै बाटो पछ्याए भने कच्चा तेलको मूल्य बढ्छ र इरानको तर्फबाट तेलको आपूर्ति पनि घट्छ । 

भेनेजुएलामा भएको आर्थिक संकटका कारण कच्चा तेलको मूल्यमा वृद्धि जारी छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्