१६ असार २०८३, मंगलबार

अब कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव

बैशाख २६, २०७५
अब कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव

काठमाडौं, २६ बैशाख– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले आफ्नो मन्त्रालय माताहातका निकायहरुमा रहेको सबैखाले सिण्डिकेटहरु अन्त्य गर्ने स्पष्ट पारेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकार सिण्डिकेट तोड्ने अभियानमा सफल भएको बताएका हुन् । उनले भने,‘गृहमन्त्रालयबाट सुरु भएको अभियान अहिले सफल भएको छ, यातायात व्यवसायीहरु गाडी चलाउन तयार भएका छन्, गाडीको सिट क्षमताभन्दा बढि यात्रु बोकेर जनताको जीवनप्रति नै खेल्नेहरु अहिले तह लागेका छन्, अहिले व्यवसायीहरुले पनि हाम्रो अभियानलाई सहयोग गरेका छन्, हामी सबै पक्षलाई धन्यवाद दिन चाहन्छौं किनकी अब ज्यानमारा सिण्डिकेट अन्त्य भएको छ।’

मन्त्री यादवले आफूहरुले सबै प्रकारका सिण्डिकेटको अन्त्य गर्ने विश्वास दिलाए । उनले भने,‘हाम्रो नीति नै सबै क्षेत्रको सिण्डिकेटको अन्त्य गर्नु हो, हामी अहिले त्यही अभियानमा छौं।’ 
प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि समृद्ध नेपाल र सुखी नेपाली बनाउँछौं भनेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्छ भनेकोले सरकार सोही अभियानमा लागेको उनको भनाई थियो ।

उनले थपे,‘हामी भ्रष्टाचार सहँदैनौं, हुन त नारा दिन सजिलो छ, तर यसलाई व्यवहारमा उतार्न गाहा«े हुँदो रहेछ।’ उनले नेपालमा अब कुनैपनि सिण्डिकेट नरहने बताउँदै सिण्डिकेट गर्नेलाई सरकारले जेल हाल्ने चेतावनी दिए । 
पेट्रोलियम पदार्थमा पनि सिण्डिकेट छ नि भनेर सोधिएको एक प्रश्नमा मन्त्री यादवले भने,‘नेपाल आयल निगममार्फत सरकारले नै पेटो«लियम पदार्थको काम सञ्चालन गरिरहेको छ, यसलाई सिण्डिकेट भन्न मिल्दैन्, तरपनि हामी यसमा पनि प्रतिष्पर्धा चाहन्छौं।’ 

नेपालमा खुल्ला उदारीकरण र निजीकरणको नाममा राष्ट्रिय उद्योगहरु बेचेर खाएको उनको आरोप छ । पूर्वअर्थमन्त्री डा. रामशरण महतप्रति लक्षित गर्दै मन्त्री यादवले भने,‘जसको अर्थ नीतिले मुलुकको अर्थतन्त्र ध्वस्त भयो उनै व्यक्तिलाई बेष्ट फाईनान्स मिनिष्टर भनेर अवार्ड दिए, अहिले उत्कृष्ट अर्थमन्त्री भनेर मुल्यांकन गर्नेहरु नेपालको अर्थतन्त्र ध्वस्त भयो भनेर मज्जा लिईरहेका छन्।’
 

salt training

कमेन्ट गर्नुहोस्