१० असार २०८३, बुधबार

जेठभित्रै मुगु खुल्ला दिसामुक्त

बैशाख २६, २०७५
जेठभित्रै मुगु खुल्ला दिसामुक्त

सुर्खेत, २६ वैशाख–साविक मध्यपीश्चमाञ्चल विकास क्षेत्रको दुर्गम जिल्ला मुगुलाई जेष्ठ भित्रै खुला दिशामुक्त घोषणा गरिने भएको छ ।

क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका निमित्त निर्देशक आवेद हुसैनले मुगु जिल्लामा अनुगमन गर्दा खुला दिशामुक्त जिल्ला घोषणा गर्न उपयुक्त रहेको आफूले पाएको बताए ।

‘सबै ठाँउमा चर्पि निर्माण भइसकेका रहेछन् ।’ उनले भने, ‘करिब ९८ प्रतिशत घरधुरीमा चर्पि निर्माणमा आएको र प्रयोग भएको आफूले पाँए ।’ उनका अनुसार अब मुगु जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न केहि समस्या रहेको छैन ।

‘त्यहाँ कार्यरत सरकारील तथा गैरसरकारी संस्थाहरुको खटन पटनकै कारण विकट जिल्लामा पनि राम्रो चर्पि बनाएको र प्रयोगमाा ल्याइरहेको देखें ।’ उनले भने, ‘त्यसकालागि सहयोगी सबै संस्था र खानेपानी तथा सव डिभिजन कार्यालय मुगुका कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

सदरमुकामबाट ३ दिनको पैदल यात्रापछि पुगिने विकट बस्तिमा समेत चर्पिको प्रयोग गर्न थालिएको छ, सव डिभिजन कार्यालयका इन्जिनियर रविमोहन कोइरालाले भने, ‘यसकालागि सबै पक्षको सहयोग र सहानुभूति अनि खटाइ प्रति कृतज्ञ छु ।’

जिल्लालाई खुल्ला दिशामुक्त बनाउने अभियानमा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय मुगु, किर्डाक नेपाल, आरसीडिसी र हुरेस्टेक संस्थाहरुको साझेदारीमा उक्त अभियान सुरु गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्