१२ असार २०८३, शुक्रबार

मलेशियामा विपक्षीको ऐतिहासिक जित, ढल्ने भयो ६० वर्षदेखिको सत्ता

बैशाख २७, २०७५
मलेशियामा विपक्षीको ऐतिहासिक जित, ढल्ने भयो ६० वर्षदेखिको सत्ता

काठमाडौं, २७ वैशाख– मलेशियामा भएको आम चुनावमा पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले ऐतिहासिक जित निकालेको छ । मलेशियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदले सन् १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै सानदार राजनीतिक पुनरागमन गरेका छन् ।

९२ वर्षका डाक्टर महाथिरले कुनै समयमा वर्षौ आफूले नेतृत्व गरेको बारिसन नाशिओनल पार्टी र आँफैले हुर्काएका नेता नजिब रजाकलाई चुनौती दिन राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएका थिए ।

महाथिर नेतृत्वको गठबन्धनले गएको ६० वर्षदेखि सत्तामा रहेको बारिसन नेशनल (बिएन) गठबन्धनलाई हराएको हो ।

महाथिर नेतृत्वको विपक्षी गठबन्धनले ११५ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । सरकार बनाउनका लागि ११२ सिटमा जित निकाले पुग्ने थियो ।

प्रधानमन्त्री नजिबको कार्यकाललाई लामो समयदेखिका भ्रष्टाचारका आरोपले छायाँमा परिदिएको थियो । यसको फाइदा विपक्षी गठबन्धनले उठाएको छ । 

आफ्नो ऐतिहासिक पराजयबारे उनले सार्वजनिक रुपमा प्रतिक्रिया दिइसेकेका छैनन् । तर डाक्टर महाथिरको बिहीवार सपथग्रहण हुने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्