२६ जेठ २०८३, मंगलबार

फरार अभियुक्त १३ वर्षपछि पक्राउ

बैशाख २७, २०७५
फरार अभियुक्त १३ वर्षपछि पक्राउ

काठमाडौँ, २७ वैशाख-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्यान मारेर फरार रहेका अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले विसं २०६२ माघमा काठमाडौँको नयाँपाटीमा महेश राईलाई हत्या गरी फरार रहेका इलामका अदिपकुमार राईलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । 

अदिपले विसं २०६२ मा नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणाधीन घरमा फर्मासम्बन्धी काम गर्न बसेका महेशको हत्या गरेर फरार भएका थिए । पक्राउ भएका राईलाई बुधबार आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बौद्धमा बुझाइएको ब्यूरोले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्