०६ असार २०८३, शनिबार

मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर संसारकै सबभन्दा वृद्ध निर्वाचित नेता

बैशाख २७, २०७५
मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर संसारकै सबभन्दा वृद्ध निर्वाचित नेता

काठमाडौं, २७ वैशाख – महाथिर मोहम्मद संसारको सबभन्दा वृद्ध निर्वाचित नेता बन्ने क्रममा छन् । बयान्नब्बे वर्षका मोहम्मदले मलेसियामा भएको कडा चुनावी प्रतिस्पर्धामा विजयी भएका हुन् । 

यी पूर्वप्रधानमन्त्रीले संन्यास फिर्ता लिएर विपक्षी दलमा आबद्ध भएका थिए । भ्रष्टाचारको आरोप लागेका आफ्ना शिष्य नजिब रजाकविरुद्ध चुनाव लडेर मोहम्मदले विजय हासिल गरेका हुन् ।

उनको ऐतिहासिक जीतले बारिसान नेसनल गठबन्धनलाई सत्ताच्युत गरेको छ । उक्त गठबन्धन सन् १९५७ मा मलेसिया स्वतन्त्र भएदेखि सत्तामा छ ।

नजिबले ‘जनमत स्वीकार गर्ने’ बताएका छन् ।

महाथिरका हर्षित समर्थकहरू निर्वाचन परिणाम स्पष्ट भएपछि उत्सव मनाउन सडकमा उत्रेका थिए । 

तर यस्तो प्रमुख राजनीतिक उथलपुथलपछि शक्तिको सुमधुर संक्रमणको अनुमान गर्न नसकिने संवाददाताहरूले बताएका छन् । 

गठबन्धनभित्रको कुनै सिंगो दलले बहुमत ल्याएको छैन । त्यसैले मलेसियाका राजाले आगामी सरकार गठनसम्बन्धी निर्णय लिनेछन् । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्