१० असार २०८३, बुधबार

सोमालियामा बम विस्फोट, पाँचको मृत्यु

बैशाख २७, २०७५
सोमालियामा बम विस्फोट, पाँचको मृत्यु

काठमाडौं, २७ वैशाख – सोमालियामा बुधवार भएको बम विस्फोटमा कम्तीमा पाँचजनाको मृत्यु भएको र १० जना घाइते भएको खबर छ । 

अलकायदासँग सम्बन्धित अल शबाबले यो आक्रमणको जिम्मेवारी लिएको छ । 

विस्फोट सोमालियाको राजधानी मोगादिशुभन्दा लगभग ९० किलोमिटर उत्तरपश्चिमस्थित लोअर शबेले क्षेत्रको वानलावेन शहरको व्यस्त बजारमा भएको हो । 

प्रहरीले विस्फोटको जाँच गरिरहेको र यो आत्मघाती आक्रमण वा पहिल्यै फिट गरिएको बम के हो पत्ता लगाउने बतायो । 

मृतकको संख्या बढ्नसक्ने पनि प्रहरीले बतायो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्