काठमाडौं, २८ वैशाख – फ्रान्सको राजधानी पेरिसमा पहिलोपटक नग्न भिजिटरहरूका लागि एक आर्ट म्युजियम खोलिएको छ ।
बेलायतबाट प्रकाशित हुने दी इन्डिपेन्डेन्टमा छापिएको खबरअनुसार, द पैले तोक्यो कन्टेम्पोररी आर्ट म्युजियममा डिस्कोर्ड, डटर अफ द नाइट स्पेसल शोका लागि शनिवार एक घन्टाको समय प्रकृति समर्थकका लागि छुट्ट्याइएको थियो । त्यसैले गर्दा नग्न भिजिटरहरूले आर्ट ग्यालरी घुम्न गए ।
समाचारहरूका अनुसार, १६० मानिसले नांगै अवस्थामा ग्यालरी भ्रमण गरे ।
विगत केही समयदेखि संसारभरिका कलाप्रेमीहरूले नग्न क्षेत्र बनाउनका लागि प्रदर्शन गरेका छन् । द पैले तोक्यो कन्टेम्पोररी आर्ट म्युजियमले यस्तै आयोजनको शृंखलामा यो पहल गरेको हो ।
गत वर्ष बोस दी भिन्सेस पार्कमा नग्न पर्यटकहरूका लागि एक विशेष क्षेत्र बनाएको छ ।
फ्रान्समा नग्नतासमर्थकहरूको संख्या २६ लाख रहेको विभिन्न समाचारले देखाएका छन् । तिनीहरूमध्ये ८८ हजारभन्दा बढी पेरिस एसोसिएसनसँग जोडिएका छन् ।
यसअघि भिएनामा पनि एक ग्यालरीमा पर्यटकहरूका लागि कपडा खोलेर आउने विशेष स्थान बनाएको थियो । अस्ट्रियाको अर्को म्युजियममा पनि यस्तो प्रयोग गरिसकिएको छ ।
एजेन्सी