
जनकपुरधाम, २८ वैशाख– नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले जनकपुरकाे रामजानकी मन्दिरमा सम्बाेधन गर्दै अाफ्नाे स्वागत तथा सत्कारका लागि नेपाल सरकार र प्रदेश २ काे सरकारलार्इ धन्यवाद ज्ञापन गरेका छन् ।
माता जानकीको चरणमा आउने अवसर पहिलोपटक भारतको प्रधानमन्त्रीलाई मिलेको भन्दै मोदीले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई धन्यवाद दिए ।
प्रधानमन्त्री माेदीले नेपालका अाफ्ना समकक्षी केपी अाेलीलार्इ 'मेरे भाइसाव' भन्दै सम्बाेधन गरे । 'मेरे भाइ साहेव नेपालका आदारणीय प्रधानमन्त्रीले यो भ्रमण व्यवस्थापन गरेर जानकी मातालाई प्रणाम गर्न सौभाग्य जुटाइदिएकोमा म धन्यवाद भन्न चाहन्छु,' उनले भने ।