१० असार २०८३, बुधबार

नेपाल भ्रमणमा आएका मोदी दिनभर भोकै !

बैशाख २८, २०७५
नेपाल भ्रमणमा आएका मोदी दिनभर भोकै !

जनकपुर, २८ वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा शुक्रबार(आज) जनकपुर आएका छन् । 

विहान सवा दश बजे आउने भनिएपनि आधाघन्टा ढिलो गरि  मोदी जनकपुर विमानस्थलमा ओर्लिए । 

विमानस्थलबाट मोदी सोझै जनकपुरस्थित रामजानकी मन्दिर गए । उनले रामजानकी मन्दिरमा षोडाशोपचार विधिबाट पुजा अर्चना गरे । 

वैष्णव अन्तर्गत स्वामीनारायण सम्प्रदायका अनुयायी नरेन्द्र मोदी अपरा एकादशी(आज) का दिन पारेर नेपाल भ्रमणमा आएका छन् र उनी सोझै जनकपुरस्थित रामजानकी मन्दिर पुगेका हुन् । 

रामजानकी मन्दिरको दर्शन र पूजा अर्चना गर्ने गरि आएका मोदी खानपान गरेर आउने कुरा भएन । पूजा अर्चना सकिएसँगै उनी बाह्रविघाह मैदानमा नागरिक अभिनन्दनमा पुगे । नागरिक अभिनन्दनपछि उनले करिब ४५ मिनेट भाषण गरे ।

अब उनी काठमाडौं जाने र पशुपतिनाथको दर्शन तथा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । धार्मिक व्यक्तित्व मोदीले पशुपतिको पूजा अर्चना नगरिकन खानपान गर्ने कुरा भएन !
 

salt training

कमेन्ट गर्नुहोस्