१२ असार २०८३, शुक्रबार

केन्याको नाकुरुमा बाँध भत्किँदा ४४ जनाको मृत्यु, हिलोमा पुरिएका ४० को उद्धार

बैशाख २८, २०७५
केन्याको नाकुरुमा बाँध भत्किँदा ४४ जनाको मृत्यु, हिलोमा पुरिएका ४० को उद्धार

 केन्या, २८ वैशाख -केन्याको नाकुरु प्रान्तमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ४४ नागरिकको मृत्यु भएको छ । 

यसअघि बिहीबार भएको यस घटनामा ३२ जनाको मृत्यु भएको जनाइएको थियो । त्यसमा परी ज्यान जाने व्यक्तिको संख्या बढेको हो । 

बाँध भत्किएपछि बाँधको वरपर रहेका झण्डै २५ सय स्थानीय बासिन्दा सुरक्षित स्थानमा लगिएको प्रहरी अधिकारीहरूले बिहीबार जानकारी दिएका थिए । 

क्षेत्रीय अपराध अनुसन्धान कमाण्डर गिडेन किबुन्जाले केही व्यक्ति हराइरहेको हुनाले मृतकको संख्या अझै पनि बढ्न सक्ने अनुमान गरिएको बताउनु भयो थियो । 

बाँध भत्किएपछि आएको पानीको बेगका कारण घर, विद्यालय भवन र व्यापारिक कार्यालयहरू पनि क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् । 

प्रभावितहरूलाई स्थानीय बासिन्दा, रेडक्रसका स्वयम्सेवक, प्रदेश प्रकोप व्यवस्थापन कार्यालयको टोलीलगायतले खोजी तथा उद्धारमा सघाएका थिए । 

उद्धार टोलीले माटो र हिलोमा पुरिएका झण्डै ४० भन्दा बढीलाई उद्धार गरेर अस्पताल लगेका थिए । 

हिलो माटोले पुरिएका वा बगाएका अरु पनि धेरै हुनसक्ने भएकाले खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्मीहरूले बताएका छन् । 

प्रदेशका सरकारी अधिकारीहरूले बाँधको पानी घर तथा मानिसहरू भएको ठाउँतिर गएकाले ठूलो क्षति भएको हो । 

केन्यामा केही हप्तायता बाढी पहिरोका कारण देशभर कुल १७२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी २ लाख २० हजार भन्दा बढी विस्थापित भएका छन् । रासस 

salt training

कमेन्ट गर्नुहोस्