१६ असार २०८३, मंगलबार

मोदीले जनकपुरमा बोलेका प्रमुख कुरा यी हुन्

बैशाख २८, २०७५
मोदीले जनकपुरमा बोलेका प्रमुख कुरा यी हुन्

काठमाडौं, २८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको सम्मानमा राखिएको नागरिक अभिनन्दन समारोहमा लामै भाषण गरे । 

उक्त भाषणमा उनले नेपाल र भारतबीचको सदियौंदेखिको सम्बन्ध कुरा गरे र दुई मुलुकबीच जोडिने आधार प्रस्तुत गरे ।

मोदीको सम्बोधनका प्रमुख अंश :

शताब्दियौंदेखि जनकपुर र अयोध्याको नाता अटुट र अविस्मरणीय छ । यस अवसरमा बस सेवाको शुभारम्भले भविष्यमा आर्थिक विकास र सांस्कृतिक सम्बन्धलाई बल पुग्छ तथा दुवै देशका जनताबीचको सम्बन्ध बलियो हुन्छ ।

आदरणीय ओली भाइसाब काठमाडौंबाट स्वयं यहाँ आएर जानकी दर्शनको उत्तम प्रबन्ध मिलाउनुभयो । यसका लागि म नेपाल सरकार, प्रादेशिक सरकार, नगर सरकार र स्वयं ओलीप्रति कृतज्ञ छु । 

दुवै देशबीच त्रेतायुगमा राजा जनक र राजा दशरथको कालदेखि मित्रता छ । जानकी धामविना अयोध्या अपूरो छ । 

नेपालविना भारत अधुरो छ ।

सरकारहरू आउँछन् जान्छन् तर दुवै देशको सम्बन्ध अजरअमर छ र यो देवनीतिसँग पनि जोडिएको छ । 

इतिहास साक्षी छ, दुवै देशका कुनै संकट आउँदा एकले अर्कोलाई साथ दिएको छ अनि भारत दशकौंदेखि नेपालको स्थायी विकासको साझेदार रहिआएको छ । 

भारत संसारको तेस्रो सबभन्दा ठूलो अर्थव्यवस्थातर्फ अघि बढ्दैछ अनि नेपाल पनि तीव्रताका साथ विकास गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्