१६ असार २०८३, मंगलबार

भारतीय नोट साट्ने व्यवस्था मिलाउन ओलीले गरे मोदीसँग आग्रह

बैशाख २९, २०७५
भारतीय नोट साट्ने व्यवस्था मिलाउन ओलीले गरे मोदीसँग आग्रह

काठमाडौं, २९ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच सय र हजारका पुराना नोट साट्ने व्यवस्था मिलाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका छन् । 

दुई दिने नेपाल भ्रमणमा रहेका मोदीसँग शुक्रबार द्वीपक्षीय वार्तापछि प्रकारहरुसँग भने,‘मैले नेपाली वैकिङ प्रणाली र आम मानिससँग भएका पुराना भारतीय मुद्रा परिवर्तनको व्यवस्था मिलाउन मोदीजीसँग कुरा गरेको छु ।’

नेपाल राष्ट्र बैंकसँग लगभग ३.३६ करोड भारतीय रुपैयाँ नेपाली र्बैंकिङ प्रणालीमा रहेको अनुमान गरिएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ८ नोभेम्बर २०१६मा नोटबन्दीको घोषणा गरेका थिए । जसका कारण पाँच सय र १ हजार दरका नोटको प्रचलन बन्द गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्