
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई विकासको शिखरमा पुर्याउन भारत ‘शेर्पा’ बन्न तयार रहेको बताएका छन् ।
काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा आयोजना गरेको अभिनन्दन कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीले संवृद्धिको यात्रामा सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
‘नेपाल अहिले विकास र समृद्धिको यात्रामा सगरमाथाको बेस क्याम्पमा पुगेको छ’ उनले भने,‘त्यहाँबाट माथि चढ्न भारत ‘शेर्पा’को रूपमा जे सहयोग गर्नुपर्छ, त्यो गर्न तयार छ ।’
नेपालको सफलताको लागि भारत काँधमा काँध मिलाएर हिंड्न तयार रहेको बताउंदै मोदीले नेपालको खुसी नै भारतको खुसी भएको बताए । त्यसलगत्तै नेपाली क्रिकेटर सन्दिप लामिछानेको प्रसङ्ग उठाउँदै उनले नेपाल पनि आइपिएलमा जोडिएको बताएका थिए ।