१० असार २०८३, बुधबार

लोकान्तर समाचार प्रभाव : तीन महिनासम्म धाउँदा प्रहरीले बल्ल गर्यो मुद्धा दर्ता

बैशाख ३०, २०७५
लोकान्तर समाचार प्रभाव : तीन महिनासम्म धाउँदा प्रहरीले बल्ल गर्यो मुद्धा दर्ता

काठमाडौं, ३० वैशाख–  प्रहरीकोमा धाएको तीन महिना पछि दक्षिणकाली नगरपालिका छैमलेकी ५२ वर्षीया सकुन्तला (नाम परिवर्तन) को मुद्धा दर्ता भएको छ ।

आफुमाथि बलात्कारको प्रयास गर्नेविरुद्ध कारबाहीको माग गर्दै गत फागुनदेखि प्रहरी कार्यालयहरुमा धाउँदै आएकी सकुन्तलाको बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौंअन्तर्गत कालिमाटीमा रहेको महिला सेलमा मुद्धा दार्ता भएको हो । 

पीडितले तीन महिनासम्म धाउँदा पनि उजुरी प्रहरीले उजुरी नलिएको गुनासो गरेपछि लोकान्तरले गत बैशाख २५ गते ‘प्रहरी नै चाहन्छ ‘बलात्कार होस्’, बलात्कार गर्न खोज्नेविरुद्ध मुद्दा दर्ता हुँदैन !’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । लोकान्तरमा समाचार आएपछि भने प्रहरीले सकुन्तलाको मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

छैमलेकै २७ वर्षीया साजन घलानले सकुन्तलामाथि  गत फागुन १९ गते बलात्कार प्रयास गरेको उनकी भदै रिता लामाङले बताइन् । आफ्नो फुपुमाथि बलात्कारको प्रयास गर्नेविरुद्ध कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यलय फर्पिङ, महिला सेल कालिमाटी र महानगरीय प्रहरी वृत्त किर्तीपुर तीन महिना सम्म धाउँदा पनि प्रहरीले मुद्धा दर्ता नगरेको उनको गुनासो थियो । 

तीन महिना पछि प्रहरीकोमा आफुमाथि बलात्कार प्रयास गर्नेविरुद्ध मुद्धा दर्ता भए पछि  सकुन्तलाले न्याय पाउने आशा व्यक्त गरेकी  छन् । 
 

प्रहरी नै चाहन्छ ‘बलात्कार होस्’, बलात्कार गर्न खोज्नेविरुद्ध मुद्दा दर्ता हुँदैन !

 

salt training

कमेन्ट गर्नुहोस्