
काठमाडौं, ३० वैशाख – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भिसाको म्याद सकिएपछि पनि अमेरिकामै बसिरहेका विद्यार्थीहरूका विरुद्ध कारवाही गर्नका लागि नीतिहरूमा परिवर्तन गर्ने भएका छन् ।
ट्रम्प प्रशासनले शुक्रवार राति एक नयाँ मस्यौदा नीति जारी ग–यो । यो नीति ९ अगस्टदेखि लागू हुँदैछ । अमेरिकामा पढाइपछि जागिर खोज्ने विद्यार्थीहरूलाई यसले सबभन्दा बढी असर पार्नेछ ।
नयाँ नीतिमा गैरकानूनी उपस्थितिको अवधिको गणना पद्धतिमा परिवर्तन गरिएको छ । नयाँ नीतिअन्तर्गत विद्यार्थीहरूको गैरकानूनी उपस्थितिको अवधिको गणना उनीहरू इम्मिग्रेसन स्टेटस सकिएको दिनबाट गनिनेछ । अर्थात्
उनीहरूको पढाइ सकिएको दिनदेखि उनीहरू गैरकानूनी रूपमा बसिरहेको मानिन्छ ।
अमेरिकामा अनधिकृत रूपमा बसिरहेका विद्यार्थीलाई निकालेपछि फेरि अमेरिका प्रवेश गर्न वा स्थायी नागरिकता हासिल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइनेछ ।
एक विद्यार्थीले ६० दिनको समयमा कि त स्टेटस बदल्नुपर्छ वा अमेरिका छोडेर जानुपर्छ । पढाइ सकिएको एक सय असी दिनभन्दा बढी समयसम्म अमेरिकामा बसेका विद्यार्थीलाई अमेरिकामा तीनदेखि १० वर्षसम्म प्रवेशमा प्रतिबन्ध
लगाइनेछ ।
स्टेटस प्राप्त गर्न नसकेका, भिसाका लागि आवेदन गर्न चाहेका वा स्थायी नागरिकका रूपमा स्टेटस बदल्न चाहने विद्यार्थीहरूलाई यो नीतिले सबभन्दा बढी असर गर्नेछ ।
एजेन्सी