१० असार २०८३, बुधबार

मन्थलीमा बाढीको वितण्डा, सात जना विद्यार्थीलाई बगायो

बैशाख ३१, २०७५
मन्थलीमा बाढीको वितण्डा, सात जना विद्यार्थीलाई बगायो

रामेछाप, ३१ वैशाख– आइतबार रातिको मुसलधारे वर्षाले रामेछापको जिल्ला सदरमुकाम मन्थली बजार डुवानमा परेको छ भने घरहरूमा पनि क्षति पुगेको छ । 

कतिपय स्थानमा घर सम्म जाने सडक क्षतिग्रस्त भएका छन् भने गडुवारी क्षेत्र डुबानमा परेको छ । मन्थली बजार, बसपार्क, ट्राफिक चौक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रमा घरमा बाढीले असर पुगेको छ । 

बसपार्कमा आसपासका सडकमा पार्किङ्गका लागि राखिएका दुइ दर्जन बढी सवारी साधन बाढी सगैं आएको लेदो र गेगरले पुरिएका छन् । बाढीले सगैं आएको गेगरले वस्ती पुरिन थालेपछि राति नै सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्दार थालेका थिए । 

अवरुद्ध सडक खुलाउनका लागि राति नै जेसिबी लगाएर थोरै भागमा यातायात खुलाइएको छ । तर सहज आवागमन भएको छैन । सडक छेउमा पुरिएका सवारी साधन अलपत्र छन् ।

यसैबीच, एघार कक्षाको परीक्षा दिन आएका ७ जना विद्यार्थीलाई बाढीले बगाएको छ । बाढीले बगाएका मध्ये ६ जनाको उद्दार गरिएको छ। एक जना अझै हराई रहेका छन् । 

मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनको खोजी कार्य जारी छ ।

बाढीले बगाएका कारण उनीहरु परीक्षा दिन नसकेर फर्केको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्