१८ असार २०८३, बिहीबार

भारतमा आँधीबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो, अलर्ट रहन आग्रह

बैशाख ३१, २०७५
भारतमा आँधीबाट मृत्यु हुनेको संख्या ४८ पुग्यो, अलर्ट रहन आग्रह

काठमाडौं, ३१ वैशाख– भारतमा आइतवार बेलुका तीब्र गतिमा चलेको तुफानका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ । ५० जनाभन्दा बढी घाइते छन् ।

उत्तर प्रदेशमा सबैभन्दा धेरै १८ को मृत्यु भएको छ भने पश्चिम बंगालमा १२, आन्ध्र प्रदेशमा नौ, तेलंगनामा तीन, गुजरातमा चारको मृत्यु भएको छ । राजधानी दिल्लीमा १ सय ९ किलोमिटरको गतीमा आँधी आएको छ । जसले दिल्लीका विभिन्न स्थानमा दुईको मृत्यु भएको छ भने १८ घाइते भएका छन् ।

आइतबारको आँधी हुरी अघि मौसम विभागले सटिक अलर्ट जारी गरेको थियो । मौसम विभागले तीन दिनसम्मका लागि अलर्ट जारी गरेको छ । मानिसहरुलाई आफ्नो घरभित्र वा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी हुरीका कारण मानिसहरुको मृत्युमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘देशका केही भागमा आँधीका कारण भएको जनधनको क्षतीका कारण दुःखी छु । प्रभावित परिवारप्रति संवेदना । म घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । अधिकारीलाई प्रभावित व्यक्तिहरुको हरसम्भव मद्दत गर्नका लागि आग्रह गरिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्