२४ जेठ २०८३, आइतबार

एन आई सी एशिया अब कास्कीको लेकसाइडमा पनि

बैशाख ३१, २०७५
एन आई सी एशिया अब कास्कीको लेकसाइडमा पनि

काठमाडौं, ३१ बैशाख- एन आई सी एशिया बैंकको नयाँ शाखा पोखराको लेखनाथ महानगरपालिका ६ मा संचालनमा आएको छ । पोखरास्थित लेकसाइड शाखाको वैशाख ३१ गते सोमबार एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट विधिवत् समुद्घाटन उद्घाटन गरिएको बैंकले जनाएको छ । 

समुद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका प्रवक्ता समेत रहेका पौडेलले सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा सहयोग गरेकोमा एनआइसी एसियालाई धन्यवाद दिए । उनले केन्द्रीय बैंकको यस अभियानमा सहभागी भइ ३३ वटा स्थानीय निकायहरुमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएकोमा एन आई सी एशिया बैंकको प्रशंसा गरे ।

समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ का अध्यक्ष, वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराईले बैंकलाई शुभकामना प्रदान गरेका थिए ।

एनआइसीले मुलुकभर २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग सञ्चालनमा ल्याइसकेको छ । बैंकको वासलातको आकार रू. १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू. ११० अर्ब र कुल निक्षेप करिब रू. १३४ अर्ब पुगिसकेको छ । 

यससँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्