
काठमाडौँ, ३१ वैशाख - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपरिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष कामु प्रधानन्यायायीश जोशीले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
नेपालको संविधानको धारा १३८ अनुसार न्यायपरिषद् तथा न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ ।