०१ असार २०८३, सोमबार

बार्सिलोनाको बार्सिलोनाको विजयी यात्रामा पूर्णविराम

बार्सिलोनाको बार्सिलोनाको विजयी यात्रामा पूर्णविराम

मड्रिड, १ जेठ-यस सिजन स्पेनिस ला लिगामा अपराजित रहेर कीर्तिमान बनाउने बार्सिलोनाको अभियानमा लेभान्ते बाधक बनेको छ । ला लिगाअन्तर्गत ३७औं चरणको खेलमा घरेलु टोली लेभान्तेसँग ५–४ को अन्तरमा पराजित भएपछि बार्सिलोनाको विजयी यात्रामा पूर्णविराम लागेको हो । बार्सिलोनाको कीर्तिमान र अपराजित यात्रामा पूर्णविराम लगाउन इम्यानुएल बोटेङले ह्याट्रिक गरे । इनिस बार्धीले दुई गोल गरे । बार्सिलोनाका फिलिपे कौटिन्होले ह्याट्रिक पूरा गरे पनि बार्सिलोनालाई हारबाट जोगाउन सकेन ।


लुइस स्वारेजले एक गोल फर्काए । ला लिगामा उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोना इम्यानुएल बोटेङको गोलबाट नवौं मिनेटमा नै पछि परेको थियो ।
 ३०औं मिनेटमा बोटेङले दोस्रो गोल गर्दै लेभान्टेलाई २–० को अग्रता दिलाए । ३८औं मिनेटमा बार्सिलोनाका लागि कौटिन्होले एक गोल गर्दा पहिलो हाफमा २–१ ले पछि परेको थियो । दोस्रो हाफको सुरुवाती १० मिनेटभित्र घरेलु टोलीले लगातार तीन गोल गर्दै बार्सिलोनाविरुद्ध फराकिलो अग्रता बनायो ।

४६औं मिनेटमा बार्धीले गोल गर्दै लेभान्टेलाई ३–१ को अग्रता दिलाए । ४९औं मिनेटमा बोटेङले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा लेभान्टेको अग्रता ४–१ मा पुग्यो ।

६५औं मिनेटमा बार्धीले व्यक्तिगत दोस्रो गोल गर्दै लेभान्टेलाई ५–१ को आरामदायी अग्रता दिलाए । घरेलु टोली लेभान्टेसँग ६५ मिनेटभित्रै फराकिलो गोल अन्तरले पछि परे पनि बार्सिलोना खेलमा हार मानेन ।
राजधानी दैनिक लेख्छ-५९औं मिनेटमा कौटिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ५–२ को स्थितिमा ल्याए । ६४औं मिनेटमा कौटिन्होले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्दा खेल ५–३ को अवस्थामा पुगेको थियो । ७१औं मिनेटमा स्वारेजले एक गोल गरे पनि बार्सिलोना लेभान्टेसँग ५–४ ले पराजित हुन पुग्यो ।

salt training

कमेन्ट गर्नुहोस्