!['नक्कली राष्ट्रवाद कुरीकुरी' भन्दै सडकमा उत्रियो नेविसंघ [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Nebishang_cover_RTpDcmEPmU.jpg)
काठमाडौं, १ जेठ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सेनालाई नेपालमा निम्ताइएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मंगलवार काठमाडौंको त्रिचन्द्र क्याम्पसअगाडि चक्काजाम गरेको छ ।
भारतीय सेनालाई नेपालमा बोलाइएको तथा जनकपुरको साँचो भारतीयलाई बुझाइएको विरोधमा नेविसंघले घण्टाघर अगाडिको सडकमा चक्काजाम गरेको हो ।
मोदी भ्रमणका क्रममा कूटनीतिक मर्यादा उल्लंघन भएकाले विरोध गरिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।
नेविसंघले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिको पनि विरोध गरेको छ ।
हेर्नुहोस्, केही तस्वीरहरू :






