१३ असार २०८३, शनिबार

ट्रम्पको टिप्पणीबाट चीन चिन्तित

कात्तिक २०, २०७४
ट्रम्पको टिप्पणीबाट चीन चिन्तित
कठमाडौं, २७ मंसिर — अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पले एक चीन नीतिमा प्रश्न उठाएपछि चीनले गम्भीर चिन्ता व्यक्त गरेको छ ।


एक चीन नीति अन्तर्गत अमेरिकाले ताइवानसँग नभई चीनसँग औपचारिक सम्बन्ध बनाएको छ । चीनले ताइवानलाई भगौडा प्रान्त मान्छ ।

आइतवार एक टिभी अन्तर्वार्तामा ट्रम्पले चीनसँग नयाँ सम्झौता नभए एक चीन नीतिमाथि पुनर्विचार गर्ने बताएका थिए ।

चीनले ट्रम्पलाई ताइवानको विषयको संवेदनशीलतालाई बुझ्न आग्रह गरेको छ ।

चिनियाँ विदेशमन्त्री गेङ शुआङले वाशिङटनसँगको सम्बन्धमा एक चीन नीति आधार रहेको पत्रकारहरूलाई बताए ।

यही प्रकरणलाई लिएर चीनको प्रभावशाली पत्रिका ग्लोबल टाइम्सले ट्रम्पलाई अज्ञानी बच्चा भनी चित्रित ग-यो ।

बीबीसी

salt training

कमेन्ट गर्नुहोस्