१० असार २०८३, बुधबार

तस्वीरमा हेर्नुहोस्, मकालु एयरको विमान दुर्घटनास्थल

जेठ २, २०७५
तस्वीरमा हेर्नुहोस्, मकालु एयरको विमान दुर्घटनास्थल

सुर्खेत, २ जेठ- सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । 

सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६: १६ बजे उडेको मकालु एयरको कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो । दुर्घटनामा परेको विमान टुक्रा टुक्रा अवस्थामा भेटिएको छ ।

विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्