
सुर्खेत, २ जेठ –विमान दुर्घटनामा मृत्यु भएका मकालु एयरका चालकको शव सुर्खेत ल्याइएको छ ।
मकालु एअरको 9N–AJU C208B (Cssana) एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७ दशमलब ७ नटिकल माइल दक्षिण–पूर्व खार्पुनाथ गाउँपालिकामा सिमिकोट पास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानका चालक क्याप्टन किरण भट्टराई र आदित्य नेपाली दुबै मृत अवस्थामा फेला परेका थिए । उनीहरुको शव हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको हो । शव काठमाडौं लैजाने तयारी गरिएको छ ।
सुर्खेतको विमानस्थलबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एअरको विमान आज बिहान दुर्घटना हुँदा चालक दलका दुबै सदस्यको मृत्यु भएको थियो
उक्त कार्गो जहाजमा रहेका चालक दलका सदस्यद्वय क्याप्टन किरण भट्टराई र आदित्य नेपाली
विमान सुर्खेत विमानस्थलबाट बिहान ६:१२ बजे सिमिकोट विमानस्थलका लागि उडेकोमा ६:२७ मा नेपालगञ्ज टावरसँग अन्तिम सम्पर्क भएपछि सम्पर्कविहीन भई हराएको थियो ।