
काठमाडौं, ३ जेठ– नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो ।
एमाले र माओवादी केन्द्रले आजै पार्टी एकता गर्ने तयारी गरेका छन् । एकता संयोजन समितिको बैठक पछि एमाले केन्द्रिय समिति बैठक बस्ने छ भने माओवादीको पनि बैठक बस्दैछ । बैठकले पार्टी एकतालाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।