काठमाडौँ, २७ मङ्सिर - राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष भगवती घिमिरेले ‘घर शान्ति नै विश्व शान्तिको आधार दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ प्रशिक्षक प्रशिक्षण तालिमका सहभागी प्रशिक्षार्थीलाई आज प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा ‘महिला हिंसा न्यूनीकरणका लागि पुरुषको सहभागिता’ विषयको तीनदिने उक्त कार्यक्रममा १० जिल्लाका २० युवाले प्रशिक्षण लिएका थिए ।
पितृसतात्मक समाजको बनोट, शिक्षा र कानुनमा देखिएका कमजोरीले लैङ्गिक हिंसाका घटनालाई वृद्धि गर्न प्रश्रय दिएकाले पुरुषको सहभागितामा समाजमा व्याप्त यस्ता कुरीति र अन्धविश्वासलाई समाप्त गर्न आवश्यक रहेको धारणा सो अवसरमा सहभागी वक्ताले व्यक्त गर्नुभयो ।