३१ जेठ २०८३, आइतबार

मन्दिरले धेर काम जोताएको भन्दै बौद्ध भिक्षुले हाले मुद्दा

मन्दिरले धेर काम जोताएको भन्दै बौद्ध भिक्षुले हाले मुद्दा

काठमाडौं, ४ जेठ – प्रायः भिक्षुहरूले सेवाभावका साथ काम गरेको देख्नुभएको होला । तर जापानमा एक अचम्मको घटना सार्वजनिक भएको छ । 

त्यहाँको एक प्राचीन बौद्ध मन्दिरमा बस्ने भिक्षुले मन्दिर प्रशासनमाथि मुद्दा हालिदिए । आराम गर्न नदिई मन्दिरले दिनभरि काममा जोताएको आरोप भिक्षुले लगाएका छन् । भिक्षुका अनुसार, धेर काम गर्नुपरेर उनी डिप्रेसनको शिकार भएका छन् । 

यी भिक्षु जापानमा भएको विश्वसम्पदा सूचीमा रहेको माउन्ट कोयामा काम गर्छन् । बौद्धहरूमा यो मन्दिरको निकै महत्त्व छ । 

भिक्षुले क्षतिपूर्तिका रूपमा लगभग ८५ लाख रुपैयाँ मागेका छन् ।  

भिक्षुका वकिलका अनुसार, भिक्षु सन् २००८ देखि मन्दिरमा काम गरिरहेका छन् तर सन् २०१५ देखि उनलाई बढी नै काममा दलिएको छ । धार्मिक प्रशिक्षणको नाममा यो सब गराइन्छ तर यो प्रशिक्षणकै हिस्सा हो भने पनि यति धेरै
कष्ट दिइरहनु आवश्यक थिएन ।

सन् २०१५ मा मन्दिरको १२ सयौं वार्षिकोत्सव मनाइँदा भिक्षुले ६४ दिनसम्म लगातार दिनको १७ घन्टासम्म काम गराइएको थियो ।

मजदुर वर्गको शोषणविरुद्ध आवाज उठाउने एक संगठनले पनि भिक्षुलाई साथ दिएको छ । त्यसो त जापानमा ओभरवर्कको मामिला लगातार आइरहेको छ र धार्मिक क्षेत्रमा यस्तो देख्न पाइँदैन । 

यस्तो स्थितिलाई करोशी भनिन्छ । एक प्रतिवेदनअनुसार, जापानमा पछिल्लो १२ महिनामा १९१ मृत्यु कामको प्रेसरका कारण भएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्