२३ जेठ २०८३, शनिबार

टुबोर्गको दोस्रो सांगीतिक ट्र्याक आयोजना हुने

टुबोर्गको दोस्रो सांगीतिक ट्र्याक आयोजना हुने

काठमाडौं, ४ वैशाख- पहिलो सांगीतिक अभियानको सफलता पश्चात डेनिस ब्राण्ड टुबोर्गले ‘टुबोर्ग ओपन’ फेरि आयोजना गर्ने घोषणा गरेको छ ।

टुबोर्गले यसवर्ष विश्वभरका सांगीतिक क्षेत्रका प्रभावकारी कलाकारहरूको खोजी गरी ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ सांगीतिक ट्र्याकहरू बनाउने भएको हो ।

११ मे २०१८ मा रिलिज भएको विश्वव्यापी ट्र्याकको स्थानीय ट्र्याकहरू भने आगामी जुनमा रिलिज हुनेछन् । आयोजकका अनुसार ट्र्याकले स्थानीय कलाकारहरूको ‘ओपन टु मोर’ भएको यात्राको कथामा प्रस्तुत हुनेछ । यस अभियान अन–प्याड र डिजिटलका साथ चल्ने र वर्षको पछि डिप्लो र मो तथा स्थानीय कलाकारहरूका साथ लाइभ सांगीतिक कार्यक्रम गरी अभियान समापन गरिनेछ ।

टुबोर्ग ओपनले अभियानको दोस्रो वर्षमा फेरि एकपटक उत्कृष्ट संगीतकारहरूसँग मिली केही विशेष रचना गर्न लागेको अयोजकले जनाएको छ । कार्यक्रममा विश्वभरका प्रत्येक कलाकारले आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरूका साथ गाउँनेछन् । टुबोर्गको एसिया र युरोपभरिका प्रमुख बजारका कलाकारहरूले मानिसहरूलाई आफ्नै तरिकामा ‘ओपन टु मोर’ हुन प्रेरित गर्नेछन्, जसले भरोसाको शक्ति र खुला मनोवृत्तिले हामी सबैको जीवनको मूल्य बढाउँछ भन्ने कुरामा जोड दिन्छ ।

अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए । डेनमार्कका लोकप्रिय कलाकार, ‘मो’सँग फेरि आएका छन् । उनीहरू मिली ‘स्टे ओपन’ नामक ट्र्याक  रचना गरेका छन् । जसमा विश्वभरका कलाकारहरूलाई ‘ओपन टु मोर’ हुनुको औचित्य आफ्नै शब्दमा प्रस्तुत गरी पुनःलेखन गर्ने निम्तो गरिएको छ ।

डिजे तथा गायक,‘इभान र्डोन’ रसियासँग काम गर्दैछन् भने भारतसँग ‘विशाल डढलानी’ संलग्न भएका छन् । जसको सांगीतिक प्रभाव बलिउडदेखि इण्डी रकसम्म फैलिएको छ ।

नेपालमा दुई जनालोकप्रिय स्थानिय कलाकारहरूसँग सहकार्य गरिनेछ । लोकप्रिय नेपाली र्‍यापर ‘लाहुरे’ र ‘बिपुल क्षेत्रीे’, जो उनको समकालीन लोकसंगीतका लागि चिनिन्छन् । गायक–गीतकार ‘लेभान्टे’ले इटालीमा हुने अभियानको नेतृत्व गर्नेछन् । चीन, बुल्गेरिया र म्यानमारका बजारहरूबाट अन्य कलाकारहरू निश्चित हुन बाँकी नै छ ।

यस वर्षको अभियानबारे बोल्दै, डिप्लोले भने, “टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागी हुन पाउँदा निकै उत्साहित छु । यसवर्ष टुबोर्ग हामी माझ ‘ओपन टु मोर’ हुने विचारका साथ आएको थियो र ‘मो’ र म ‘स्टे ओपन’ट्र्याकमा काम गरिरहेका थियौं । मानिसहरू धेरै अवस्थामा अन्तरमूखी स्वभावका हुन्छन् । यो ट्र्याक नयाँ व्यक्ति र नयाँ अनुभवहरूका लागि खुला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ । “यस ट्र्याक अभियानलाई सुहाँउदो छ र विश्वभरका कलाकारहरूमा खुला सोच हुनुपर्ने विचारलाई आफ्नो तरिकामा ढाल्न र आफ्नो धारणाहरू थप गर्ने सोच लिएर आइरहनुभएको छ, जुन यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष हो ।'

डेनिस गायक तथा गीतकार, ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन्, 'मेरो लागि तयार गरिने अन्तिम सांगितीक ट्र्याकको यात्रा नै उत्कृष्ट रहेको छ । नयाँ चल्तीहरूको बारेमा खुलारूपले सोच्दा हामीले कहिल्यै नमिल्ने भनेर सोचेका कुराहरू, कहिले–काहीँ राम्रोसँग मिल्न जान्छ । मलाई यस प्रक्रियामा सिकिने अनुभव गर्न सकिने तथा शुरुमा आफूसँग भएको ट्र्याक पूर्णरूपले फरक देखिने पक्ष मन परेको छ र म निकै उत्साहित छु ।'

salt training

कमेन्ट गर्नुहोस्