०५ असार २०८३, शुक्रबार

रणवीर सिंह र दीपिकाको बिहे सोनमले गरिन् पक्का

रणवीर सिंह र दीपिकाको बिहे सोनमले गरिन् पक्का

काठमाडौं, ४ जेठ – रणवीर सिंह र दीपिका पादुकोणको बिहे हुने अनुमानले बलिउड तातेको छ । त्यसो त दुवैले यस्ता खबरलाई हल्ला मात्र बताएका छन् । 

एकअर्कासँग डेट गर्ने विषयमा उनीहरूले खुलेर बोलेका छैनन् । तर सोनम कपूरले रणवीर–दीपिकाको बिहेका बारेमा ठूलै बयान दिएकी छन् । 

कान्स फिल्म फेस्टिभलमा एक्स्क्लुसिभ अन्तर्वार्तामा सोनमले भनिन्, ‘उनीहरू छिट्टै बिहे गर्लान् भन्ने मेरो आशा छ । हाम्रो परिवार उनीहरूको बिहे कुरेर बसेको छ ।’

सोनमको टिप्पणीबाट पनि रणवीर दीपिकाले डेटिङ गरिरहेको प्रस्ट हुन्छ । 

त्यसो त यो वर्ष बलिउडमा खुबै बिहे भइरहेका छन् । त्यसैले दीपवीरका प्रशंसकहरू यो वर्षको अन्त्यसम्ममा उनीहरूको बिहे होस् भन्ने चाहन्छन् । दुवैले वर्षौंसम्म एकअर्कालाई डेटिङ गरिरहेका छन् । केही दिनअघि दीपिकाले
बिहेका लागि शपिङ गरेको खबर आएको थियो ।

अन्तिमचोटि दुवैले पद्मावतमा काम गरेका थिए तर फिल्ममा उनीहरूको कुनै पनि जोइन्ट सीन थिएन । दीपिका हालै कान्सबाट फर्केकी छन् । रणवीर सिंहले गली बोयको शूटिङ सकेका छन् । अब उनी रोहित शेट्टीको सिम्बा शूट
गर्दैछन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्