२७ जेठ २०८३, बुधबार

नेकपाको फरक फरक बोर्ड, धुम्बाराहीमा सूर्य, पेरिसडाँडामा हसिया हथौडा

नेकपाको फरक फरक बोर्ड, धुम्बाराहीमा सूर्य, पेरिसडाँडामा हसिया हथौडा

काठमाडौं, ४ जेठ– नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड पार्टी कार्यालयको अवलोकनका लागि गएका छन् । 

तत्कालिन एमाले र माओवादीका कार्यलय मध्ये कुन स्थानमा नेकपाको कार्यालय राख्ने भन्ने निश्चित गर्न दुई अध्यक्ष धुम्बाराही र पेरिसडाँडा पुगेका हुन् । 

नेकपा एमाले र माओवादी केन्द्रबीच विहीवार(हिजो) पार्टी एकता गरेपछि तत्कालिन दुई पार्टीका कार्यलयमा राखिएको बोर्ड परिवर्तन गरिएको छ । 

यसअघि नेकपा एमालेको बोर्ड रहेको धुम्बाराही र पेरिसडाँडामा नेकपाको बोर्ड राखिएको छ तर दुबै बोर्ड फरक फरक देखिएको छ । 

धुम्बराहीमा राखिएको बोर्डमा नेपाल कम्युनिष्ट पार्टी (communist party of Nepal) लेखिएको छ र देब्रेतिर चुनाव चिह्न सूर्य राखिएको छ, तर कम्युनिष्ट पार्टीले प्रयोग गर्ने हसिया हथौडा राखिएको छैन । उता पेरिसडाँडामा राखिएको बोर्डमा नेपाल कम्युनिष्ट पार्टी (Nepal communist Party) लेखिएको छ र चुनाव चिह्न सूर्य राखिएको छैन र हसिया हथौडा राखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्