जेठ २९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
जेठ ५, २०७५
विष्णु पौडेल नवगठित नेपाल कम्युनिस्ट पार्टीका महासचिव हुन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि महत्त्वपूर्ण भूमिका खेलेका पौडेलले नेपालको शक्तिशाली कम्युनिस्ट पार्टी नेकपाको महासचिवको जिम्मेवारी पाए । बिहीवार मात्र नेकपाको महासचिव बनेका पौडेलसँग पार्टी एकता, आगामी कार्यदिशा र शीर्ष नेताहरूको व्यवस्थापन लगायतका विषयमा भएको सहमतिबारे लोकान्तरका लागि विमल गौतम र सुशील पन्तले शनिवार कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
दुईदिन अगाडिसम्म शीर्ष नेताहरूको फरक–फरक अभिव्यक्ति सुनिथ्यो, बिहीवार एकाएक पार्टी एकता भयो । यो कसरी सम्भव भयो ?
एकाएक होइन, सुविचारित, योजनाबद्ध, सघन गृहकार्यको परिणामको रूपमा पार्टी एकता सम्पन्न भएको हो । एकता प्रयास जे जति भइरहेका थिए, जे जति गृहकार्य भइरहेको थियो सबै सूचना पर्याप्त मात्रामा सम्प्रेषित थिएनन् । त्यसैले मानिसहरूले फरक–फरक अनुमान गरे । यथार्थमा प्रारम्भदेखि एकताका लागि अत्यन्त जिम्मेवारीका साथ प्रयास अगाडि बढाएका हौँ । हाम्रो प्रयासको स्वभाविक परिणाम हो, पार्टी एकता ।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनको राजनीतिक भविष्यप्रति आश्वस्त हुन खोजका कारण एकता प्रक्रिया लम्बिएको भन्ने कुरा आएको थियो । अन्तिममा कुन सहमतिले उहाँलाई आश्वस्त बनायो ?
यो हाम्रो पार्टीका आदरणीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझ्न बाँकी रहेका मानिसहरूले गर्ने टिप्पणी हो । उहाँ आफ्ना लागि मात्र आश्वस्त रहने नेता होइन । मुलुकका लागि, जनताका लागि आश्वस्त हुन चाहने नेता हो । मुलुकको भविष्यप्रति, राष्ट्रको भविष्य र जनताको भविश्यप्रति आश्वस्त हुन चाहने नेता हो । यसै पनि उहाँको भूमिका राष्ट्रिय राजनीतिमा नेतृत्वदायी रहँदै आएको छ, रहिरहने छ । त्यसकारण उहाँले आफ्नो भूमिका खोज्नुभयो भनेर जुन कोणबाट चर्चा भए, यो चर्चामा सत्यता छैन ।
महाधिवेशनपछि पार्टीको नेतृत्व र प्रधानमन्त्रीको आलोपालको कुराले गर्दा ढिला भएको भन्ने सुनिथ्यो नि !
भनिथ्यो, हामीले पनि सुन्यौं । बाहिरका रिर्पोटिङ सुन्दा कतिपय कुराहरू मनोरञ्जन दिने खालका थिए । यथार्थमा कुनै पदका लागि केन्द्रित भएर एकता गरिएको होइन । मुलुक र जनताको भविष्यलाई केन्द्रविन्दुमा राखेर सुदृढ र स्थिर सरकार निर्माण गर्ने, मुलुकलाई समृद्धितर्फ लिएर जाने, जनताका यावत समस्यालाई समाधान गर्ने अनि छोटो र छिटो तरिकाले देशलाई विकासको मार्गमा लिएर जाने । समृद्धि, समाजवादतर्फ मुलुकलाई लिएर जाने उद्देश्यका साथमा गरिएको एकता हो ।
भित्र शीर्ष नेताहरूको बीचमा पावर शेयरिङ (पद बाँडफाँड)का बारेमा कुनै सम्झौता भएको छ भने खुलाइदिनुस् न ।
पावर शेयरिङ दुईवटा फरक पार्टी वा दुई फरक समूहबीचको सहकार्यका अभ्यासमा प्रकट हुने विषय हुन् । हामी दुईवटा फरक पार्टी छैनौं अब । नेकपा हौं आज हामी । त्यसले गर्दा यहाँ कुनै पावर शेयरिङ भन्ने प्रश्न हुन्न । सबै नेतालाई उहाँहरूको इतिहास र योगदानका आधारमा जिम्मेवारी प्रदान गर्ने नीतिका साथ अगाडि बढ्छौं । त्यसकारण मैले दोहोर्याएर भन्न चाहन्छु – हाम्रा नेताहरू कमरेड केपी शर्मा ओली र प्रचण्डको बीचमा आफ्ना निजी हितलाई केन्द्रबिन्दुमा राखेर पद बाँडफाँडका कुरा गर्नुभएको छ कि भन्ने कुरा सही होइनन् । उहाँहरूलाई त्यसरूपमा बुझ्ने कुराले उहाँहरूप्रति अवमूल्यन हुन्छ भन्ने म ठान्छु ।
त्यसो भए पावर शेयरिङको विषयमा कुनै गोप्य सहमति भएको छैन ?
छैन, छैन । त्यसमा केही भएको छैन । महाधिवेशनबाट के गर्ने भन्ने व्यक्तिको हितलाई होइन, आन्दोलनको हितलाई सोचेर एकता गरेका छौं । सिंगो देश, समाज र पार्टी हित अनुकूल हुने हिसाबले हाम्रा तमाम गतिविधि अघि बढ्नेछन् ।
तल्लो तहसम्म भिजेका र स्थापित दुई पार्टी एक भएका छन् । केन्द्रदेखि तल्लो तहसम्म व्यवस्थापनका चुनौती के देख्नुभएको छ ?
व्यवस्थापनको चुनौती भन्दिन म, त्यसलाई व्यवस्थापनको अभिभारा भन्छु । हामीले दुईवटा पार्टीलाई एकताबद्ध गरेका छौं । एउटै पार्टी नेपाल कम्युनिस्ट पार्टी बनाएको छौं । केन्द्रीय तहमा एकता गरेका छौं । अब तलसम्म सम्पन्न गर्छौं । पार्टी निकटका जनवर्गीय संगठनलाई पनि एकताबद्ध गर्दै र एकताको समग्र श्रृंखलालाई छिटोभन्दा छिटो टुंग्याउँछौं । यो चुनौती होइन, अभिभारा हो ।
आन्दोलनका लागि योगदान दिएका या दिनसक्ने, इतिहास भएका सबै नेता कार्यकर्ता र सदस्यलाई उपयुक्त जिम्मेवारीका साथ पार्टीको झण्डा, पार्टीको विचार बोकेर गौरवका साथ काममा खट्न सक्ने परिस्थिति निर्माण गर्छाैं । यो जिम्मेवारी हो हाम्रो । यो जिम्मेवारी पूरा गर्छौं । यसलाई चुनौतीको रूपमा बुझ्न चाहान्नँ ।
पार्टी एकतापछि तपाईंलाई महासचिवको जिम्मेवारी दिएपछि धेरैले योग्य भनेको पाइयो । कतिपय पार्टीभित्र केही शीर्ष नेतालाई पाखा लगाएकोमा तिक्तता छ भन्ने पनि सुनिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
यो चाहिँ पार्टी एकता संयोजन समितिले प्रस्ताव गर्यो र नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले निर्णय गरेर भएको हो । मैले कहीँ पनि विमति, असहमति या विरोध भन्ने सुनेको छैन ।
एउटा हामीकोमा के छ भने निर्णय भइसकेपछि यस्तो छ कि उस्तो छ कि भन्ने आशंका गरिन्छ । जस्तो अहिले आइरहेको छ नि, हिजोसम्म कहाँ मिल्छन् यी पार्टी ? एमाले–माओवादी मिल्छन् ? केपी ओली र प्रचण्ड मिल्छन् ? भनेर कतिपयले टिप्पणी गर्दथे, त्यसैमा रमाउँथे । अब हामीले सुन्दैछौं, अहिले कहाँ मिलेका छन् र यिनीहरू ? भत्किन्छन्, फेरि धुजाधुजा हुन्छन्, भनेर टिप्पणी गर्न थालेका छन् ।
कसैलाई यस प्रकारको सस्तो टिप्पणी गरेर आनन्द लिन मन छ भने (बिमलजी) उनीहरूलाई आनन्द लिन दिनुपर्छ । यसमा तपाईंले प्रश्न सोध्ने र मैले जवाफ दिने ढंगले समय खर्चिन जरुरी छैन ।
अन्त्यमा, एकीकृत पार्टीको चरित्र विगतको एमाले र माओवादीको भन्दा कसरी फरक हुन्छ ?
हामीले हाम्रो सिद्धान्त, कार्यक्रम, नीति र विचारहरूलाई व्यवस्थित गरेका छौं । राजनीतिक प्रतिवेदनको रूपमा त्यो लिपिबद्ध गरिएको छ । हाम्रो समग्र पार्टीको निर्माण र सञ्चालनका सम्बन्धमा हामीले एउटा वैधानिक व्यवस्था गरेका छौँ । अन्तरिम विधान छ । त्यो विचारले हामीलाई मार्गदर्शन गर्छ । यो विधानबमोजिम हामी हाम्रा यावत संगठनात्मक राजनीतिक काम र आचरणलाई परिभाषित गर्छौं । त्यसकारण स्वभावैले नेकपा एमाले र नेकपा माओवादी केन्द्र इतिहासका महत्त्वपूर्ण कालखण्डमा महत्त्वपूर्ण योगदान दिएका पार्टी हुन् । ती पार्टीले आ– आफ्नो ढंगले अगाडि बढ्ने क्रममा राष्ट्रिय राजनीतिमा जनताको पक्षमा, राष्ट्रको पक्षमा असाधारण र अतुलनीय योगदान गरेका छन् ।
यी पार्टीहरू राष्ट्रिय राजनीतिमा त्यस हैसियतमा थिए । आज ती दुईवटा पार्टी मिलेर एकताबद्ध भएर अगाडि बढेका छन् । नेपाल कम्युनिस्ट पार्टीको रूपमा हामी संगठित भएका छौ । विरासतमा हामीले चाहे नेकपा एमालेको झण्डाअन्र्तगत आर्जन गरिएका उपलब्धि, विचार र मान्यता हुन्, चाहे नेकपा माओवादी केन्द्रको नेतृत्वमा आर्जन गरिएका उपलब्धि, विचार र मान्यता, हामी तीनलाई निरन्तरता दिन्छौं ।
हामी स्वभाविक रूपमा एउटा सही विचारको सुदृढ संगठनको रूपमा देशलाई लामो समयसम्म समृद्धि, समाजवादतर्फ लिएर जाने अभियानको अगुवाई गर्दै पार्टीलाई अगाडि बढाउँछौं ।
पौडेलसँगको अन्तर्वार्ता हेर्नुहोस्, भिडियोमा :
यो पनि पढ्नुहोस् :
शक्तिशाली कम्युनिष्ट पार्टीका शालीन महासचिव, जो सधैं पुल बनिरहे
पौडेल महासचिव बनेपछि रुपन्देहीमा उत्साह, प्रधानमन्त्री बनेको हेर्ने चाहना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...