१० असार २०८३, बुधबार

नेपालका कम्युनिस्टहरुले सत्तामा पुग्नमात्र राष्ट्रियताको कुरा उठाए  : सहमहामन्त्री डा. महत

नेपालका कम्युनिस्टहरुले सत्तामा पुग्नमात्र राष्ट्रियताको कुरा उठाए  : सहमहामन्त्री डा. महत

ओखलढुंगा, ५ जेठ - नेपाली कांग्रेसका सह-महामन्त्री डा प्रकाशशरण महतले नेपालका कम्युनिस्टहरुको चरित्रले राष्ट्रियता कमजोर बन्ने खतरा  रहेको बताएका छन् | कम्युनिस्ट  पार्टीहरुको  कुटनैतिक टेवलमा कुनै कुरा नगर्ने  तर सडकमा चर्का कुरा गर्ने  चरित्रले मुलुकको राष्ट्रियतामाथि  आँच आएको समेत उनको दाबी छ   ।

नेपाल तरुण दल ओखलढुंगा जिल्ला समितिले गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा  बोल्दै उनले कम्युनिस्ट पार्टीहरुले  सत्तामा पुग्नमात्र राष्ट्रियताको कुरा उठाउने गरेको इतिहास र बर्तमान दुबैले पुष्टि गरेको बताए |
'हिजो सत्तामा नहुँदा भारतसंगको सम्बन्धमा समस्या मात्रै देख्नेले सत्तामा पुग्नासाथ कुनै समस्या नदेख्नु के राष्ट्रवादी चरित्र हो त ? " उहाँले प्रश्न गरे  । 
कार्यक्रममा संघीय संसदका सदस्य महिन्द्रा सुब्बा, पूर्व सभासद रामहरी खतिवडा, ओखलढुंगा नेका सभापति प्रदिप सुनुवार, नेविसंघका केन्द्रीय सह-महामन्त्री एव प्रवक्ता प्रेम राज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए  ।
जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्