
नयाँ दिल्ली, ५ जेठ - भारतीय कंग्रेस (कंग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उनी नै भ्रष्टाचारी बनेको आरोप लगाएका छन् ।
शनिबार सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भने ,“ तपाईहरूले प्रत्यक्ष देखिरहनुभएको छ प्रधानमन्त्रीले कर्नाटकमा कसरी विधायकहरूलाई केनबेच गर्न अधिकार दिइरहनुभएको छ ।” गान्धीले भने , “प्रधानमन्त्रीले मुलुकमा आफू भ्रष्टाचार विरुद्ध लडिरहेको भन्नुहुन्छ तर यो पूर्णतया झूट हो । उहाँ भ्रष्टाचारी हो ।”
उनले भने, ' यो भारतीय जनता पार्टी (भाजपा) लाई पाठ भएको छ कि प्रधानमन्त्री मोदी र पार्टी प्रमुख अमित शाहभन्दा भारतीय समाज, जनता र व्यवस्था ठूला हुन् ।
गान्धीले भने , “प्रधानमन्त्री मोदी र हत्याको आरोप लागेका शाहसहित विजेपीलाई मुलुकले देखाइदिइसकेको छ कि उहाँहरूको पैसाको थैलीभन्दा भारतीय संघसंस्था ठूला हुन् ।”
नेता गान्धीले भारतीय प्रतिपक्षी दलहरूलाई एकआपसमा एकता गरी विजेपीलाई हराएकोमा कृतज्ञता व्यक्त गरे ।