२२ असार २०८३, सोमबार

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

जेठ ६, २०७५
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
सन्दर्भ तस्वीर

चितवन, ६ जेठ- नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान ५ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेको हो । 

पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । दिउँसोको समयमा सो सडक बन्द गरिने हुँदा सवारीको चाप बिहान बेलुका बढी हुने गर्छ । 

salt training

कमेन्ट गर्नुहोस्