
जापान, जेठ ६- जापानको नागोया शहर स्थित ओबु सिटिमा गैह्रआवासीय नेपाली संघ एसिया प्यासीफिकको आयोजनामा नेपालमा जापानी लगानी र पर्यटक भित्र्याउने सम्बन्धीमा लगानी सेमिनार सम्पन्न भएको छ ।
जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा जापानमा व्यवसाय गरेर बसेका नेपाली ब्यावसायी तथा जापानी व्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो l
कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी राजदुत राणाले अब नेपालमा सरकार बलियो भएको, राजनीति स्थायित्व भएको र लगानीको वातावरण पूर्ण भएको कुरा अवगत गराए l साथै बुद्ध जन्मिएको देश नेपाल र जापानको सम्बन्ध पुरानो रहेको र नेपाली जनता र जापानी जनता मिलेर यसलाई आझै मजबुत बनाउनु पर्ने जिकिर समेत गरेका थिए l
आइची प्रिफेक्चर ओबु शहरका मेयर ओकामुरा हिदेतोले अस्ट्रेलिया र फिलिपिन्समा आफ्नो भगिनी शहर रहेको र अब नेपालको शहरको बारेमामा पनि जापान सकारात्मक रहेको जानकारी दिएका थिए l
त्यसैगरी कार्क्रममा ओबु जापान चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिका अध्यक्ष किमुरा, रोटरी जापानका पूर्व गभर्नर युसुके कोन्दो, एनआरएनएका युवा संयोजक सुदन थापा, एसिया प्यासिफिकका संयोजक किरण बिक्रम थापा, आइसीसी सदस्यद्वय ओम गुरुङ र टंक गैरेले मन्तव्य राखेका थिए ।
प्रस्तुति दिने क्रमममा नेपालको बारेमा डा. सुदिप अधिकारि, नेपालमा जापानको रोटरीले गरेको सहयोगको बारेमा डा. कोशो योशिकावा, नेपालको पर्यटन बारेमा नागोया शहरका पूर्व उपमेयर सुजुकी कत्सुहिसाले जानकारी गराएका थिए भने नेपालमा लगानी र सम्भावनाका बारेमा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक तथा कार्यक्रमका परिकल्पनाकार पारस मणि पोखरेलले गरेका थिए l
साथै जापानी व्यवसायीहरू नेपाल जाँदा खिचेका तस्बिरको समेत प्रदर्शनी गरिएको थियो । नेपाल गएका जापानी पर्यटक र नेपालमा ब्यबसाय आरम्भ गरेका जापानीको छोटो अनुभवले कार्यक्रम अझ रोमान्चित बनेको थियो भने काकलाकार मन थापाको सारंगी प्रस्तुतिका साथै समिर र शान्ति लामाको नृत्यले पनि जापानीहरुको माझ मनोरन्जन थापेको थियो ।