३१ जेठ २०८३, आइतबार

ब्रेकअपका लागि दिए लगभग तीन लाख डलर, गर्लफ्रेन्डले भनिन्, ‘कम भयो’

ब्रेकअपका लागि दिए लगभग तीन लाख डलर, गर्लफ्रेन्डले भनिन्, ‘कम भयो’

काठमाडौं, ६ जेठ – युवकहरू आफ्नी गर्लफ्रेन्डलाई खुशी बनाउन केकेसम्म गर्दैनन् ? प्रेममा परेपछि मानिसले संसार भुलेर प्रेमीको पछि लाग्न मन पराउँछ । 

चीनमा भने प्रेममा अनौठो ट्विस्ट आएको छ । एक युवकले आफ्नी गर्लफ्रेन्डसँग छुट्टिनका लागि उसलाई भारी रकमको प्रस्ताव गरे तर युवतीलाई यति रकम नपुग्ने भयो ।

मिडिया रिपोर्टहरूका अनुसार, चीनले गर्लफ्रेन्डलाई तीन लाख डलर ब्रेकअप फीसका लागि भनी दिने अफर गरे । तर युवतीले यो रकम कम भएको भनी अफर लत्याइन् । 

युवक पैसा लिएर एकचोटि युवतीकहाँ बारमा पुगेको थियो । पैसा खाँदिएको सुटकेस उसले गर्लफ्रेन्डलाई छोडिदियो । तर युवतीले सुटकेस लगिनन् । पछि बार बन्द गर्ने बेलामा कर्मचारीहरूले पैसा भेटे । उनीहरूले प्रहरीमा यसको सूचना दिए । 

त्यसपछि पत्ता लाग्यो, गर्लफ्रेन्डबाट छुट्टिन यति धेरै रकम दिने यी २३ वर्षीय युवक एक आईटी प्रोफेसनल हुन् । गर्लफ्रेन्डले उनीसँग ७ लाख ८७ हजार डलर मागेको खुल्न आएको छ । तर युवकले यत्तिका रकम जुटाउन सकेनन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्