०६ असार २०८३, शनिबार

अनौठो रोग : यी व्यक्तिको मिर्गौला आफैं हुन्छ गायब

अनौठो रोग : यी व्यक्तिको मिर्गौला आफैं हुन्छ गायब

काठमाडौं, ६ जेठ – ड्यारेन फर्ग्युसनलाई ६ किड्नी भएको मानिस भनी चिनिन्छ । एक अनौठो रोगका कारण उनले ६ चोटि मिर्गौला प्रत्यारोपण गराइसकेका छन् । 

केही वर्षको अन्तरमा उनले मिर्गौला परिवर्तन गर्नुपर्छ । अचम्मको कुरा त हरेक अपरेसनपछि उनको पुरानो मिर्गौला बाहिर निकाल्नै पर्दैन, त्यो आफैं गलेर जान्छ । 

विगत ३७ वर्षदेखि यो समस्या भोगिरहेका ड्यारेनलाई पाँच वर्ष हुँदादेखि नै रोग लागेको थियो । उनी किड्नी ब्लकेजका साथ जन्मेका थिए जसले गर्दा उनको मिर्गौला फेल भएको थियो । त्यतिखेरदेखि मिर्गौला प्रत्यारोपण गरिरहेका उनको यो सिलसिला जारी छ । 

त्यसपछि उनले १६, २१, २४ र ३० वर्षको हुँदा मिर्गौला प्रत्यारोपण गरेका थिए । छैठौं प्रत्यारोपण उनले हालै गरे । 

यति खराब हालत भएपनि ड्यारेनले जिन्दगीको संघर्ष कायम राखेका छन् । परिवारमा उनलाई प्रेमपूर्वक रोबोकप बोलाइने गरेको उनी बताउँछन् किनकि जीवित रहनका लागि उनले अनेक मशिनसँग जोडिनुपरेको छ । 

ड्यारेनले २७ वर्षको उमेरमा बिहे गरेका थिए । उनको स्वास्थ्यस्थिति देखेर चिकित्सकहरूले तिमी कहिल्यै बाउ बन्दैनौ भनेका थिए । तर उनकी पत्नी सन् २०१४ मा गर्भवती भइन् र बच्चा जन्माइन् । 

पत्नीका बारेमा ड्यारेन भन्छन्, ‘उनलाई मेरो रोगका बारेमा थाहा थियो । मेरो कुनै ठेगान छैन, जुन बेलामा पनि मर्नसक्छु भनेपनि उनले मसँग बिहे गरिन् ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्