२४ जेठ २०८३, आइतबार

उपचार गराएर घर फर्केकी मेलानियाको नाम नै गलत लेखे ट्रम्पले

उपचार गराएर घर फर्केकी मेलानियाको नाम नै गलत लेखे ट्रम्पले

काठमाडौं, ६ जेठ – पत्नी मेलानिया उपचारपछि घर फर्केको खुशीमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनको नाम नै गलत लेखिदिएका छन् । 

शनिवार मेलानिया अस्पतालबाट घर आएपछि ट्रम्पले उनलाई स्वागत गरे तर त्यसअघि लेखेको ट्वीटमा गलत हिज्जे ‘मेलानी’ लेखिदिए ।

यो ट्वीट लेख्नेबित्तिकै उनले डिलिट गरिदिए र फेरि सही नामका साथ पोस्ट गरे । तर मानिसले स्क्रीनशट लिन भ्याइहाले । 

उनले लेखे, ‘प्रथम महिला घर फर्किएकोमा खुशी छु । तपाईंहरूको प्रार्थना र शुभकामनाका लागि धन्यवाद ।’

प्रथम महिलाकी सञ्चार निर्देशक स्टेफनी ग्रिशमले भनिन्, ‘प्रथम महिला आज नै घर फर्केकी हुन् । उनी आराम गरिरहेकी छन् र फ्रेश छिन् । श्रमिती ट्रम्पको हालचाल जान्नका लागि हाम्रो कार्यालयमा हजारौंले फोन गरे अनि इमेल पठाए । हामी उनीहरू सबैलाई धन्यवाद दिन्छौं ।’

मेलानिया केही समयदेखि मिर्गौलामा पीडा भएको गुनासो गरिरहेकी थिइन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्