३१ जेठ २०८३, आइतबार

दुष्कर्ममा लिप्त पादरीहरूले पोपसमक्ष दिए राजीनामा

दुष्कर्ममा लिप्त पादरीहरूले पोपसमक्ष दिए राजीनामा

काठमाडौं, ६ जेठ – चिलीमा यौन शोषणको घटना लुकाएको आरोप लागेपछि त्यहाँका ३४ जना बिशपहरूले आफ्ना पोप फ्रान्सिसलाई राजीनामा बुझाएका छन् ।

यति मात्र नभई सबैले पोप, चिलीका जनता र यौन शोषणका पीडितहरूसँग पनि माफी मागेका छन् ।

पोपले यी सबै बिशपहरूलाई यौन शोषणका लागि कडा हप्काएका छन् । शुक्रवार भेटिकनमा जारी २३ सय पाना लामो रिपोर्टमा यौन शोषणसम्बन्धी धेरै जानकारी छन् । 

पोप फ्रान्सिले यी बिशपहरूलाई यौन अपराधसँग जोडिएको प्रमाणका कारण दोषी ठह–याएका छन् । यसबाहेक अनुसन्धानकर्ताहरूमाथि दबाब दिएको र मुद्दालाई बेवास्ता गरेको आरोप पनि उनीहरूमाथि लगाइएको छ ।
बच्चाहरूलाई पादरीहरूबाट यौन शोषणबाट बचाउनका लागि उनीहरूले केही काम नगरेको भन्दै पोपले हप्काएका हुन् ।  

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्