१० असार २०८३, बुधबार

आज पनि खेल्दै सन्दीप, कस्तो गर्लान् प्रदर्शन ?

आज पनि खेल्दै सन्दीप, कस्तो गर्लान् प्रदर्शन ?

यस सिजनको आइपीएलमा सन्दीप लामिछाने आज अन्तिम खेल खेल्दैछन् । 

यसअघिका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेगस्पिनर सन्दीप लिग चरण अन्तर्गत मुम्बई विरुद्धको अन्तिम खेलका लागि टीममा परेका छन् । 

लगातार ११ खेल बेन्चमा रहेका सन्दीप बैंग्लोर विरुद्ध पहिलो खेल खेल्न पाएका थिए । पहिलो खेलमा उनले पार्थिव पटेललाई आउट गरेका थिए । चेन्नाई विरुद्ध दोस्रो खेल खेलेका सन्दीपले रैनालाई आउट गरेका थिए । लगातारका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै भारतमा उनको चर्चा भएको थियो ।

आज मुम्बइ विरुद्धको खेलमा उनको प्रदर्शनलाई लिएर उनका फ्यान उत्सुक छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्