११ असार २०८३, बिहीबार

विद्युत चुहावट नियन्त्रण गर्दै प्राधिकरण, २ महिनामै ३ प्रतिशत चुहावट नियन्त्रण

कात्तिक २०, २०७४
विद्युत चुहावट नियन्त्रण गर्दै प्राधिकरण, २ महिनामै ३ प्रतिशत चुहावट नियन्त्रण
काठमाडौं, २७ मंसिर –नेपाल विद्युत प्राधिकरणले विद्युत चुहावट नियन्त्रणमा गत वर्षको तुलनामा उल्लेख्य प्रगति हासिल गरेको छ ।

नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार विगत दुई महिनामा करीव ३ प्रतिशतले चुहावट नियन्त्रण भएको छ । प्राधिकरणले गत साउनदेखि नै विद्युत चुहावट नियन्त्रण अभियान संचालन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा करिव २६ प्रतिशत चुहवाट रहेको प्राधिकरण बताउँछ । उक्त चुहावटमध्ये करिव १० देखि १२ प्रतिशत प्राविधिक चुहावट र बाँकी अप्राविधिक चुहावट अन्तर्गत पर्छ ।
चुहावट नियन्त्रण गर्न नसक्दा लोडसेडिङ थप बढेको र राज्यलाई पनि वित्तिय नोक्सान पुगेको निर्देशनालय बताउँछ ।

चुहावट नियन्त्रणका लागि सुरक्षा निकायलाई प्रभावकारी परिचालन गर्नुपर्ने निर्देशनालयको भनाई छ ।

निर्देशनालयका अनुसार जनकपुर क्षेत्रीय कार्यलय अन्तर्गत जलेश्वर वितरण केन्द्रको चुहावट ६१ प्रतिशत छ । काठमाडौ क्षेत्रीयकार्यालय अन्तर्गत महाराजगंज वितरण केन्द्रको चुहवाट प्रतिशत ४ दशमलव ३४ छ भने भक्तपुर वितरण केन्द्रको चुहावट करिव ३७ प्रतिशत रहेको निर्देशनालय बताउँछ ।

चालू आवमै विद्युत चुहावटलाई २० देखि १५ प्रतिशतसम्म कायम राख्ने प्राधिकरणको प्रतिवद्वता छ ।

यसबाट ५० देखि सय मेगावाट सम्मको माग घटाउन सकिने प्राधिकरणको अपेक्षा छ ।

salt training

कमेन्ट गर्नुहोस्