२५ जेठ २०८३, सोमबार

अमेरिकाको हवाईमा ज्वालामुखी खतरनाक स्तरमा, लाभा पुग्यो महासागर (भिडियो)

अमेरिकाको हवाईमा ज्वालामुखी खतरनाक स्तरमा, लाभा पुग्यो महासागर (भिडियो)

काठमाडौं, ७ जेठ – अमेरिकाको हवाईस्थित बिग आइल्यान्डमा विस्फोट भइरहेको ज्वालामुखीका लाभाहरू प्रशान्त महासागर पुगेका छन् । उडिरहेको लाभाका कारण एकजना मानिसलाई गम्भीर चोट लागेको छ । 

किलाउए ज्वालामुखी विगत दुई हप्तादेखि उम्लिरहेको छ र यसले दर्जनौं घरहरू डढाइसकेको छ, मानिसहरूलाई उक्त क्षेत्रबाट भाग्न बाध्य बनाएको छ अनि धूँवा पुतपसताएका कारण अधिकारीहरूले मानिसलाई खरानीबाट बचाउनका लागि मास्क बाँडेका छन् । 

लाभाको प्रवाह विगत केही दिनयता बढेको छ । ज्वालामुखीको डल्लोले एकजना मानिसको गोडामा चोट लगाएको छ । 

‘ती व्यक्ति आफ्नो घरको तेस्रो तल्लाको बार्दलीमा बसिरहेका थिए । ज्वालामुखीको लाभा उनको घुँडामा बजारियो र गोडै ताछिदियो,’ हवाई काउन्टी मेयरकी प्रवक्ता ज्यानेट स्नाइडरले हवाई न्युजलाई बताइन् ।

हावामा उडेको लाभा एउटा फ्रीज जति ठूलो हुन्छ र साना टुक्राले पनि निकै चोट पु–याउन सक्छन्, अधिकारीहरूले बताए ।

लाभा राजमार्गबाट प्रवाहित हुँदै महासागरतर्फ बगेको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्