२६ जेठ २०८३, मंगलबार

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पतालमा उपचार हुँदै

राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पतालमा उपचार हुँदै

काठमाडौं, ७ जेठ– राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुगेका छन् । 

घिमिरेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका प्रवत्ता विनोद अधिकारीका अनुसार ग्यास्ट्रोको समस्या भएर उनी अस्पतालमा उपचारका लागि आएका हुन् । 

घिमिरे उपचारपछि आजै घर फर्किने  बताइएको छ । घिमिरे नियमित स्वास्थ्य परीक्षणका लागि आएको अस्पतालले जनाएको छ ।

उनी ग्यास्ट्रिक र हाडजोर्नीको नियमित फलोअपमा अस्पताल आएको बताइएको छ । पछिल्लो चार वर्षयता घिमिरे चिकित्सकको नियमित परामर्शमा छन् ।

उमेरले एक शताब्दी पुग्न लागेका राष्ट्रकवि घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्